राष्ट्रिय वाणिज्य बैंकद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

दार्चुला, जेठ १६ गते :   राष्ट्रिय वाणिज्य बैंकले जिल्लाका सुरक्षा निकायहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । शुक्रवार राष्ट्रिय वाणिज्य बैंक दार्चुला शाखाले सम्बन्धित कार्यालयमा गएर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएर त्यसको जोखिम बढेको हुँदा अग्रपंक्तिमा रहने सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई थर्मल गन र सेनिटाइजर हस्तान्तरण गरिएको शाखा प्रवन्धक राजेन्द्र सिंह धामीले जानकारी दिए ।
बैकंले जिल्ला प्रहरी कार्यालय दार्चुला र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलालाई समान १÷१ थान इन्फारेड थर्मामिटर (थर्मल गन) र २÷२ लिटर सेनिटाइजर वितरण गरेको उहाले बताए । बैंकको सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो ।
तस्विर : एपिएफ, राजेन्द्र साउँद

Comments