सशस्त्र प्रहरीद्वारा २५ हजार बराबरको अवैध बिडी बरामद

दार्चुला, जेठ २० गते :   भारतबाट अवैध रुपमा महाकाली नदि तारेर नेपाल ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले अबैध विडी बरामद गरेको छ । मंगलवार विहान ४ ः ३० बजेतिर महाकाली नगरपालिका—९ चुच्चै नजिकबाट महाकाली नदिमाथि डोरी लगाइ तारीरहेको अवस्थामा सशस्त्र प्रहरीले विडी बरामद गरेको हो ।

अस्थायी पोष्ट काँकडाको टोलीले रातीको समयमा गस्ती गर्दा ४५ बन्डल अबैध विडी चुच्चैबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हे.क्वा. दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बर बहादुर विष्टले जानकारी दिए । सशस्त्रले बिडी तारीरहेको देखेपछि उनीहरु ४५ बन्डल बिडी त्यही छोडेर भागेको उहाले बताए ।

मंगलवार विहान नियन्त्रणमा लिएको २५ हजार रुपैँया बराबरको बिडी भन्सार कार्यालय दार्चुलालाई बुझाइएको उहाले बताए ।
सिमानाकामा हुने अपराधिक गतिविधिहरुमा नियन्त्रण तथा भन्सार चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी सिमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

Comments