युवा लक्षित कार्यक्रम ल्याउन दुहुँ गाउँपालिकालाई कांग्रेसको सुझाव

दार्चुला‐असार ०८ गते : कोरोना भाईरसका कारण गरिएको लकडाउन लकडाउनले सिर्जना भएको चरम बेराजगारीलाई न्युनिकरण गर्न अगामी वर्षका लागी युवा लक्षित कार्यक्रम ल्याउन नेपाली कांग्रेस दार्चुलाले दुहुँ गाउँपालिकालाई विशेष सुझाव दिएको छ । आज बसेको कांग्रेस दुहुँ गाउँपालिका कार्यसमितिको समन्वयात्मक बैठकले आगामी आर्थिक वर्षमा युवा लक्षित कार्यक्रम ल्याई कोरोना भाईरसका कारण सिर्जना भएको बेरोजगारी हटाउन सुझाव दिएको हो । 
   पार्टीले कोरोना भाईरस नियन्त्रणका लागी विशेष कार्यक्रम संचालन गरी गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम ल्याउन समेत सुझाव दिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव एवं प्रदेश क्षेत्र नम्बर १ का सभापति हरक सिंह बिष्टले जानकारी दिनुभयो । कोरोना भाईरसको त्रासले रोजगारीको शिलशिलामा विदेशीयका युवाहरु धमाधम गाउँघर तिर आउन थाले संगै बेरोजगारी सिर्जना भएको छ । 
   सिर्जित बेरोजगारीलाई न्युनिकरण गरी युवाहरुलाई गाउँमै रोजगारी दिने खालका निति तथा कार्यक्रम अबलम्बन गर्न गाउँपालिकालाई कांग्रेस पार्टीले सुझाव दिएको उहाले बताउनुभयो । सामाजिक र आर्थिक विकासका ठुल‐ठुला निति कार्यक्रमहरु संचालन गरी समृद्ध गाउँपालिका बनाउन सुझाव दिएको उहाको भनाई थियो । बैठकमा दुहुँ गाउँपालिकाले चालु आर्थिक वर्षको हाल सम्ममा गरेका कामहरुको समिक्षा उहाले जानकारी दिनुभयो । 
   बैठक दुहुँ गाउँपालिका कार्यसमितिका सभापति दिलिप सिंह कार्कीको अध्यक्षता तथा जिल्ला कार्यसमिति सभापति ललित सिंह बोहराको प्रमुख आतिथ्यततामा भएको हो । बैठकमा जिल्ला कार्यसमिति उपसभापति ललित सिंह ठगुन्ना, जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की, सचिव हरक बिष्ट, दुहु गाउँपालिकाका जनप्रतिनिधि लगायत नेता कार्यकर्ता गरी २५ जनाको सहभागिता सचिव बिष्टले बताउनुभयो । 

 

 

Comments