नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ हजार ८ सय ३४ पुग्यो

 

काठमाडौँ - असार १३, २०७७ : नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ । पछिल्लो २४ घन्टमा १ सय ३६ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये मध्ये १८ जना महिला र १ सय १८ जना पुरुष छन् । निको हुनेहरुमा गोठगाउँ आइसोलेसन सेन्टरबाट भोजपुरका १, इलामका २, झापाका २९ , मोरङका ११ , पाँचथरका १, सुनसरीका २० , ताप्लेजुङका १ र उदयुरका ४ जना छन् । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १, कास्की १४, पर्वतका १ र स्याङजाका १ जना छन् । जलेश्वर असपतालबाट महोत्तरीका ७ , कोरोना विशेष अस्पताल दाङबाट १, मेहलकुना अस्पताल सुर्खेतबाट १३ र सुशील कोइराला प्रखर अस्पताल बाँकेबाट बर्दियाका ६ र बाँकेका २२ पुरुष डिस्चार्ज भएका हुन् । हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या ६५ हजार ७१२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ४४७ जना रहेको छ ।मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९४ हजार ३४ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ३ हजार ६८५ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २ लाख १० हजार ८७६ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ४ हजार ६०६ परीक्षण भएका छन् ।यो समाचार कान्तिपुरमा छ 

Comments