​जेसिबि दुर्घट्ना हुँदा ३ जना घाइते चालक फरार

दार्चुला‐असार १३ गते : मालिकार्जुन गाउँपालिका‐८ धामीगडा स्थित शुक्रबार राती भएको जेसिबि दुर्घट्नामा परी ३ जना घाइते भएका छन्, भने चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
   जेसिबि दुर्घट्ना हुँदा सवार मालिकार्जुन गाउँपालिका‐२ का २६ वर्षिय ललित सिंह धामी, वडा नम्बर ३ का २० वर्षिय जय सिंह धामी र जेसिबि सह चालक बैतडीको सिगास गाउँपालिका‐४ का धनबहादुर साँउद घाइते भएको प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । 
राती करिव ११ बजे तिर शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा तर्फ आइरहेको बा २ प ८८९२ नम्बरको जेसिबि सडकबाट १५ मिटर तल खसेर दुर्घट्नामा परेको उहाले बताउनुभयो । 
   घाइते मध्ये ललित सिंह धामी र जय सिंह धामीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार गरी डिसचार्ज गरिएको तथा सहचालक धनबहादुर साँउदको उपचार भईरहेको  उहाले जानकारी दिनुभयो । 
   बैतडीको सुर्नया गाउँपालिका घर भएका जेसिबि चालक धन बहादुर बोहरा भने फरार रहेको तथा खोजी कार्य भईरहेको प्रहरी निरिक्षक एवं सुचना अधिकारी जोशीले बताउनुभयो । उक्त ठाउँमा गएराती भएको भारी वर्षा कारण सडक चिप्लो भएको र जेसिबि दुर्घट्ना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

Comments