​१७ औं धान दिवस दार्चुलामा पनि मनाइयो(फोटो फिचर)

दार्चुला‐असार १५ गते : हिमाली जिल्ला दार्चुलामा पनि १७ औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । जिल्लाका नौ वटै स्थानिय तहका सिचाई हुने क्षेत्रमा आज रोपाई गरी धान दिवस भव्यताका साथ मनाइएको हो । मानो रोपेर मुरी उब्जाउने र वर्षभरिको लागी अन्न फलाउने दिनको रुपमा लिइने आजको दिनमा स्थानिय तह प्रमुख तथा उपप्रमुखहरु स्वयम उपस्थित भएर रोपाई गरी धान दिवस मनाएका हुन् । 

                                      बिऊ उखेल्दै

        “धान उत्पादनमा बृद्धि, आत्मनिर्भता र समृद्धि” भन्ने मुल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७७ मनाइएको हो । दिवसको अवसरमा जिल्लाको महाकाली नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर‐३ को गाराकुमा रोपाई महोत्सव मनाइएको छ । रोपाई महोत्सवको महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहराले धान रोपेर उद्घाटन गर्नु भएको थियो । 

                                        धान रोप्दै

   यो दिवस कृषकले वर्षभरीको लागी अन्न उब्जाउने खुसिमा दहि चिउरा खाने पर्वको रुपमा पनि मनाउने गरिएको छ । रोपाईमा कृषकले हिलो खेल्दै एक अर्कामा सदभाव बाड्ने गरेको पाइन्छ । रोपाईमा पुरुषले गोरु जोत्ने तथा महिलाले असारे गित गाउँदै धान रोप्ने गर्दछन् । यस वर्ष कोरोना भाईरसको संक्रमणको डरले विगतको वर्षमा जस्तै धान दिवसको उत्साह भने खासै देखिएको छैन् । जिल्लामा करिव ८० प्रतिशत रोपाई सम्पन्न भैइसकेको छ । 

Comments