​दार्चुलाका ५९ उजुरी अख्तीयारमा दर्ता

दार्चुला–साउन १६ गते : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा गत आर्थिक वर्ष २०७६÷०७७ को असार सम्ममा दार्चुला जिल्लाबाट विभिन्न प्रकृतिका ५९ थान उजुरी दर्ता भएको पाइएको छ । आयोगको कार्यालय कञ्चनपुरका सुचना अधिकारी टोप बहादुर बिष्टका अनुसार जिल्लाका नौ वटै स्थानिय तह तथा अन्य कार्यालयका गरी असार सम्ममा उक्त संख्यामा उजुरी दर्ता भएका छन् । 
   आयोगको कार्यालय कञ्चनपुरमा गत आर्थिक वर्षमा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ८ सय ३८ थान उजुरी दर्ता भएको उहाले बताउनुभयो । गत वर्षमा दर्ता भएका तथा जिम्मेवारी सरी आएका कुल उजुरी १ हजार ५ सय ७९ मध्ये ७ सय ४१ थान उजुरी उपर छानविन गरी फछ्र्यौट गरिएको सचुना अधिकारी बिष्टले जानकारी दिनुभयो ।
   गत आवमा दार्चुला जिल्लाबाट दर्ता हुन आएका ५९ उजुरी फछ्र्यौट गर्न बाकी रहेको जनाइएको छ । गत आवमा सबै भन्दा बढी कैलाली जिल्लाका उजुरी दर्ता भएका छन् । कैलालीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा २ सय २८ थान उजुरी दर्ता भएका छन् । यस्तै कञ्चनपुरबाट १ सय २५, अछामका ४७, डोटीका ४६, डडेल्धुराका ६०, बैतडीका १ सय ५०, दार्चुलाका ५९, बझाङका ८५ र बाजुराका ३८ थान उजुरी दर्ता भएको उहाले जानकारी दिनुभयो । 
 दर्ता भएका सबै ८ सय ३८ उजुरी फछ्र्यौट गर्न बाकी रहेको उहाको भनाई छ । गत आवमा सबै भन्दा बढी कैलाली जिल्लाबाट तथा सबै भन्दा कम बाजुरा जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दर्ता भएका छन् । 
   यसैबिच चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनाको हाल सम्ममा ८२ थान उजुरी दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा हाल सम्ममा लिखित ३३, हुलाकबाट १३, ईमेलबाट २८ र टेलिफोनबाट ६ थान उजुरी दर्ता भएको सुचना अधिकारी टोप बहादुर बिष्टले जानकारी दिनुभयो । 

Comments