​डाडाकोटमा कांग्रेस भेला सम्पन्न

दार्चुला–साउन १६ गते : जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ डाडाकोटमा नेपाली कांग्रेस वडाको भेला सम्पन्न भएको छ । फागुनमा हुने कांग्रेस महाधिवेशनको तयारी स्वरुप नयाँ सदस्यता वितरण तथा नविकरण गर्न भेलाको आयोजना गरिएको नेपाली कांग्रेस दार्चुलाका नेता मदन गिरीले जानकारी दिनुभयो । भेलाले ६९ जना कार्यकर्ताको सदस्यता नविकरण गर्ने तथा १० जनालाई नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको उहाले बताउनुभयो । 
   वडा कार्यसमितिले आयोजनाको गरेको भेलामा नेकपा परित्याग गरी एक दर्जन बढीले नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको नेता गिरीले जानकारी दिनुभयो । नेकपा परित्याग गरी वडा नम्बर ५ का जसुली लोहार, गिता लोहार, बहादुरराम लोहार, कासीराम लोहार, रतनराम लोहार र गणेशराम लोहार लगायत १ दर्जन बढीले नेपाली कांग्रेसमा प्रवेश गरेको नेता गिरीले जानकारी दिनुभयो । 
   नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई नेपाली कांग्रेस दार्चुलाका महासमिति सदस्य विक्रम सिंह धामीले स्वागत गर्नु भएको उहाले जानकारी दिनुभयो । भेलालाई सम्बोधन गर्दै महासमिति सदस्य विक्रम सिंह धामीले कांग्रेस कार्यकर्ता र पार्टीले ठुलो भन्दा पनि असल बन्नु पर्ने धारणा व्यक्त गर्नुभयो । 
   वडा भेलामा वडा नम्बर ५ का सभापति तर्कराज ओझा अध्यक्ष महासमिति सदस्य विक्रम सिंह धामीको प्रमुख अतिथि र नेता मदन गिरी विशिष्ट अतिथि रहनु भएको थियो । भेलामा नेपाल विद्यार्थी संघ दार्चुला बहुमुखी क्याम्पसका पदाधिकारी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  

Comments