​विपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई ५० हजार दिने दुहुँ गाउँपालिकाको निर्णय

दार्चुला–साउन १७ गते : जिल्लाको दुहुँ गाउँपालिकाले विपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई ५० हजार नगद दिने निर्णय गरेको छ । शनिबार बसेको गाउँकार्यपालिकाको बैठकले विपदमा परेकालाई राहत दिने निर्देशिका संसोधन गर्दैै गाउँपालिका भित्र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर मृत्यु भएका व्यक्तीको परिवारलाई राहत स्वरुप नगद रु ५० हजार दिने निर्णय गरेको गाउँपालिकाका सुचना अधिकारी भुपेन्द्र सिंह बडालले जानकारी दिनुभयो । 
   यस्तै बैठकले प्रकोपमा परी पुर्णरुपमा घर क्षति भएको परिवारलाई २५ हजार र आंसिक क्षति भएका परिवारलाई ५ देखी ७ हजार राहत उपब्ध गराउने निर्णय गरेको उहाले बताउनुभयो । बैठकमा गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगती समिक्षा तथा चालु आर्थिक वर्ष २०७७÷०७८ का लागी वार्षिक खरिद योजनामा छलफल भएको सुचना अधिकारी बडालले जानकारी दिनुभयो । 
   यसैगरी विपद सर्तकताका लागी प्रत्येक वडामा संयन्त्र तयार गरी उद्दारका लागी थप सामाग्रीको जोहो गर्ने तथा कोरोना संक्रमणको बेला विद्यालय बाहिर व्यवस्थापन योजना बनाई विद्यालय सुचारु गर्ने तयारीका विषयमा निर्णय भएको उहाले जानकारी दिनुभयो । गाउँकार्यपालिकाको बैठक गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा बसेको हो । 

Comments