शेरबहादुरका हत्यारा पक्राउ, पत्रकार सम्मेलन गरी सार्वजनिक

दार्चुला, भदौ १२ गते :   शैल्यशिखर नगरपालिका —२ रौतेउडा सल्लेबगर बस्ने ४५ वर्षीय शेरबहादुर चन्दको हत्या गर्ने वडा नम्बर २ तारुलीका ३४ वर्षीय गंगादत्त भनेर चिनिने गोविन्द भट्टलाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार चन्दको हत्या गरी फरार भएका भट्टलाई प्रहरीले शुक्रवार वडा नम्बर २ को तारुली जंगलबाट पक्राउ गरेको हो ।

भट्टले शेरबहादुरको टाउँको र गर्धनमा धारिलो हतियार हँसिया (बनास) प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए ।

हत्या गरी फरार रहेका भट्टलाई शुक्रवार बिहान सवा १० बजे पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । भट्टलाई जन्मकैदको सजाय हुने प्रहरी निरीक्षक जोशीले बताए ।

यसैबिच नेपाल तरुल दल जिल्ला कार्यसमितिका पूर्व सदस्य, काँग्रेसका साविक देथला गाविसका सचिव तथा नेपाली काँग्रेसका क्रियाशिल सदस्य समेत रहेका शेरबहादुर चन्दको अन्त्येष्टि गरिएको छ ।

चन्दको पार्थिक शरिरमा शैल्यशिखर नगरपालिकाका प्रमुख एवं नेपाली काँग्रेस दार्चुलाका जिल्ला उपसभापति अमर सिंह धामी र काँग्रेस नेता जगदिश पालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रदान्जली दिएका छन् ।

 

Comments