हालसम्मकै उच्च संक्रमण, १ हजार २ सय २१ जना थपिए

दार्चुला, भदौ १४ गते :   पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७ सय १७ नमुना परीक्षण गर्दा ३ सय ४८ महिला र ८ सय ७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

एकैदिनमा थपिएको संक्रमितको संख्या यो हाल सम्मकै उच्च हो । यो संगै नेपालमा कोरोना संक्रमित कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

Comments