​नेपाली सेना द्धारा निर्मित बाटोको मुख्यमन्त्री भट्टले गरे उद्घाटन

दार्चुला, असोज १९ गते : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर २ को घाटीबगर क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटोको उद्घाटन गर्नु भएको छ । आज विहान नेपाली सेनाको एन ए ०–५६ नम्बरकोे एम–आइ–१७ हेलिकप्टर मार्फत ब्याँस क्षेत्र पुग्नु भएका मुख्यमन्त्रि भट्टले त्याहा स्थित नेपाली सेनाले निर्माण गरेको ५ सय ५० मिटर घोरेटो बाटोको उद्घाटन गरेको नेपाली सेनाको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रमदेव थापाले जानकारी दिनुभयो । 
ब्याँस गाउँपालिकाको वडा नम्बर १ सम्म जान नेपाली भुमिमा बाटो नभएपछि नेपाली सेनाको टोलीले घोरेटो बाटो निर्माण गरेको हो । नेपाली भुमीमा बाटो नहुँदा यसअघि गाउँपालिकाको वडा नम्बर १ को तिंंकर र छागँरुका स्थानिय भारतको बाटो हुँदै सो क्षेत्र जाने गर्दथे । 
   गाउँपालिकाको वडा नम्बर २ घाटीबगर क्षेत्रको ५ सय ५० मिटर घोरेटो बाटोको नेपाली सेनाले निर्माण गरेको हो । बाटो निर्माणमा खटिएको नेपाली सेनाको टोली र समानहरु फिर्ता ल्याउन हेलिकप्टर खलंगा आएको छ । बाटो निर्माणमा खटिएको सेनाको टोली समानहरु भोली फिर्ता हुने गुल्मपति थापाले जानकारी दिनुभयो । कडा चट्टानी भु–भागलाइ फोडेर नेपाली सेनाले बाटो निर्माण गरे सगै अब देखी नेपालीहरुले नेपालको बाटो भएर नै आफ्नो गाउँ जान पाउने भएका छन् ।  

 

Comments