ब्यास गाउँपालिकाको विकासबारे अध्यक्ष र मुख्यमन्त्रीवीच छलफल

दार्चुला, असोज २२ गते । दार्चुलाको ब्यास गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेट बार्ता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढीमा आज विहीवार उनीहरुवीच गाउँपालिकाको विकास निर्माण तथा जनजीविकाका विषयमा छलफल भएको हो ।

भारतीय सीमा क्षेत्रसँग जोडिएको दार्चुलाको ब्यास गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज घोषणा गरेको छ । भौंगोलिक रुपले दुर्गम उक्त गाउँपालिकामा भौंतिक पूर्वाधार बाटोघाटो, खानेपानी, सिचाईँ कुलो, विधुतीकरण लगायतका निर्माण सँगै विधालय शिक्षा, स्वास्थ्य, कृषि खाध्यान्न ढुवानीमा रहात, सामाजिक सुरक्षा लगायत विकासको योजनाबद्ध खाका बारे छलफल भएको छ ।

ब्यास गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज बनाएर पहिलो चरणमा रु. ५ करोड रकम छुट्टाएको छ । यसै विषयमा गाउँपालिकाका अध्यक्ष बुढाथोकीसँग छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयका प्रमुख सचिव शिव ओलीले जानकारी दिए ।(याे खबर सुदुर अावाज अनलाइनमा छ)

Comments