भीरबाट लडेर एक वृद्धको मृत्यु

दार्चुला, असाजे २६ गते : खर काट्ने क्रममा भीरबाट लडेर दार्चुलामा एक वृद्धको मृत्यु भएको छ । आइतवार मध्यान्न १२ बजेतिर गमाण खोला भन्ने ठाउँमा खर काटिरहेका बेला लडेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका ४ काँडापारीकी ६० वर्षीया झन्करी धामीको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी  दिए ।

धामी भीरबाट अन्दाजी ४० मिटर तल खसेकी थिइन् । गम्भीर घाइते भएकी धामीलाई तुरुन्तै उपचारको लागि अस्पताल लगिएपनि उपचारको क्रममा उनको राती ११ : ४० बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए । हिउँदको समयमा वस्तुभाउलाई खुवाउनका लागि महिलाहरुले खर काटेर सुकाउने गर्दछन् । खर काट्ने क्रममा भीरबाट लडेर वर्षेनी महिलाहरुले ज्यान गुमाउने गरेका छन् ।

Comments