स्वास्थ्यकर्मी सहित दार्चुलाका चार जनामा कोरोना पुष्टि

दार्चुला, असोज २६ गते : दार्चुलामा सोमवार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको दुहुँ गाउँपालिकाका एक स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको दुहुँ गाउँपालिका स्वास्थ्य संयोजक डाक्टर दिनेश कुमार सिंहले जानकारी दिए ।

बैतडी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा एक जना स्वास्थ्यकर्मी र तीन जना भारतबाट आइ क्वारेन्टीनमा बसेका नागरिकहरुलाई कोरोना पुष्टि भएको उहाले बताए । संक्रमण पुष्टि हुनेमा ४७ वर्षीय महिला, २२ , ३१ र ४७ वर्षीय पुरुष रहेका छन् । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या १ सय ५२ पुगेको छ ।

Comments