तरुण दल र नेविसंघद्धारा हुनैनाथका शक्तिपिठहरुमा सरसफाइ

दार्चुला, असोज ३० गते : मालिकार्जुन गाउँपालिका—४ हुनैनाथमा रहेका शक्तिपीठ÷मन्दिरहरुमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले सरसफाइ गरेको छ । दशै तिहारको समयमा मन्दिरहरुमा पुजाआजाका गरिनुका साथै जात्रा लाग्ने भएकाले मन्दिर परिसरमा सरसफाइ गरिएको हो । शुक्रवार हुनैनाथ स्थित आराध्यदेव हुनैनाथ मन्दिर औतालेक, पारशिला मन्दिर र बालिचन मन्दिर देउरुखमा सरसफाइ गरिएको हुनैनाथ तरुल दल अध्यक्ष मनोज सिंह धामीले जानकारी दिए । 

त्यहाको आराध्यदेव हुनैनाथ मन्दिर औतालेकमा घटस्थापनाका दिन जमरा राखिने गर्दछ । साथै उक्त मन्दिरहरुमा जात्रा समेत लाग्ने गर्दछ । सरसफाई कार्यक्रममा नेपाली काँग्रेस मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का वडा सभापति गणेश बहादुर धामी, नेपाली काँग्रेसका क्रियाशिल सदस्य बिर सिंह धामीको समेत सहभागीता रहेको थियो । 

Comments