इलामस्थित सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान

प्रकाश नेपाल (इमेज): इलाम, जेठ २१ । इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सोमबार सफल परीक्षण उडान गरिएको छ ।विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण काम सम्पन्न भएपछि तारा एअरकोे ट्वीनअटर विमानले परीक्षण उडान गरेको हो । काठमाडौंबाट बिहान १० बजेर ५५ मिनेटमा उडेको विमान ११ बजेर ५७ मिनेटमा सुकिलुम्बा विमास्थलमा अवतरण गरेको थियो ।

७०० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहितको विमानस्थलको शिलान्यास वि.सं. २०६८ सालमा गरिएको थियो ।

Comments