१६ राष्ट्रिय खेलाडीलाई पछि पार्दै प्रिन्सले जिते सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता

दार्चुला, मंसिर २६ गते :   नेपालका उदयमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् । तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् ।

प्रिन्सले नगद एक लाख ११ हजार १११, प्रमाण पत्र र ट्रफी प्राप्त गरेका छन् । यस्तै उपविजेता नवीनले नगद ५५ हजार, ५ ५५ हात पारेका छन् ।.
सेमिफाइनलमा नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङलाई पराजित गरेका प्रिन्सले आत्मविश्वासका साथ खेल्दै प्रतियोगितालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए । तृतीय स्थान प्राप्त गरेका सेनाका रत्नजित र रुकेश महर्जनले जनही नगद १० हजार प्राप्त गरे । 

मंसिर २१ गते देखि संचालित तोप २१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १६ राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो ।

Comments