​मार्मामा प्रचण्ड, माधव नेपाल समुहको बिरोधसभा

दार्चुला, पौष २४ गते : जिल्लाको मार्मा गाउँपालिकामा नेकपा प्रचण्ड, माधव नेपाल समुहको सरकार बिरुद्ध बिरोधसभा भइरहेको छ । संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित काम गरेको भन्दै सरकार र प्रधानमन्त्रीका बिरुद्ध जिल्ला स्तरीय बिरोधसभाको आयोजना गरीएको नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभयो । प्रधानमन्त्री सुदुरपश्चिम आएका बेला प्रचण्ड माधव नेपाल समुहले मार्मामा बिरोधसभाको आयोजना गरी बिरोध जनाएको छ । 
   प्रधानमन्त्री ओलीले जनताले दिएको जिम्मेबारी बहन गर्न नसकी  संविधान विपरित गएर संसद् विघटन गरेको प्रति नेकपा भित्रकै प्रचण्ड, माधव नेपाल समुह र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले क्रमिक रुपमा विरोध तथा प्रदर्शनका कार्यक्रमहरु गर्दै आइरहेका छन् । नेकपाको जिल्ला स्तरीय कार्यक्रम मार्मा गाउँपालिका सह–ईन्चार्ज धिरेन्द्र सिंह धामीको अध्यक्षतामा तथा नेकपा जिल्ला अध्यक्ष गणेश खत्री (पावेल) प्रमुख आतिथ्यततामा भएको हो । 
   कार्यक्रममा पुर्व माओबादीका नेता कार्यकर्ता, माधव नेपाल समुहका पुर्व एमाले नेता कार्यकर्ता तथा मार्मा गाउँपालिका वडा नम्बर २ र ४ का वडा अध्यक्षको उपस्थिति रहेको लटिनाथ सहकर्मी दिनेश बहादृुर सिंहले खबर पठाउनु भएको छ । यसैबिच प्रचण्ड, माधव नेपाल समुहका नेताहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई खबरदारी पत्र समेत बुझाएका छन् । नेकपाका नेता ज्ञानेन्द्र घर्तीको नेतृत्वमा गएका नेताहरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललाई प्रधानमन्त्रीको खबरदारी पत्र बुझाएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । 

Comments