​दार्चुला केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भुकम्प गयो

दार्चुला, पौष २८ गते : ब्याँस गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरा केन्द्र बिन्दु बनाएर आज विहान ९ बजेर ४८ मिनेटमा भुकम्प गएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुन्सेरा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको हो । दार्चुला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का सुदुर पहाडका बैतडी लगायतका जिल्लाहरुमा महसुस गरिएको स्थानियले बताएका छन् । 
   जिल्ला सदरमुकाम खलंगाबाट २५÷३० किलोमिटर उत्तरमा केन्द्रबिन्दु रहेको भुकम्पबाट कुनै किसिमको क्षति नभएको प्रहरीले जनाएको छ । केन्द्रबिन्दु आसपासका स्थानियले भने भुकम्पको ठुलै धक्का महसुुस गरेको बताएका छन् । 

Comments