​सामुदायिक विकास परियोजनाको ठुलो बजेट शिक्षा क्षेत्रमा खर्च

दार्चुला, पौष २८ गते : गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक ग्रामिण विकास समाज नेपाल र संकल्प दार्चुला द्धारा संचालित सामुदायिक विकास परियोजनाले जिल्लाको मालिकार्जुन गाउँपालिकाका सबै वडा र महाकाली नगरपालिकाको वडा नम्बर ९ मा काम गरिरहेको छ । परियोजनाले मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ देखी ८ सम्म र महाकाली नगरपालिकाको वडा नम्बर ९ मा शिक्षा, स्वास्थ्य र जिविकोपार्जन तथा आय–आर्जनको क्षेत्रमा कार्य गर्दै आइरहेको सिआरडिएस नेपाल दार्चुलाका टिम लिडर अशोक ओझाले जानकारी दिनुभयो ।

   परियोजना मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिकाको वडा नम्बर ९ का ३७ वटा विद्यालयमा संचालनमा छ । परियोजनाले ३७ विद्यालयका १ हजार ३ सय ३८ जना वालबालिकालाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको उहाले बताउनुभयो । यस्तै ५ वटा सहकारीहरु र ७ वटा स्वास्थ्य संस्थालाई शिक्षा, स्वास्थ्य, जिविकोपार्जन र स्पोन्सरसिप तथा बाल संरक्षण, क्षमता विकास, संजालीकरण, पैरवी, आपतकालिन सहयोग गर्दै आईरहेको छ । परियोजना अन्तरगत गत आर्थिक वर्ष २०७६÷०७७ मा शिक्षाको क्षेत्रमा ५४ लाख ३६ हजार ९ सय ६१ रुपैया खर्च गरेको छ ।

   यसैगरी जिविकोपार्जनको क्षेत्रमा ४८ लाख ७८ हजार ३७ रुपैया, होप विद्यालय भवन निर्माणमा ३१ लाख १९ हजार १ सय ७० रुपैया खर्च भएको टिम लिडर ओझाले बताउनुभयो । गत आर्थिक वर्षमा परियोजनाले ९३ दशमलव ५१ प्रतिशत प्रगती हासिल गरेको छ । परियोजनाको आज वार्षिक समिक्षा तथा सामाजिक लेखापरिक्षण समेत गरिएको छ । 

Comments