अपि हिमालका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण

दार्चुला, पुस २८ गते :   नेपाल विद्यार्थी संघ समन्वय समिति अपिहिमालले गाउँपालिकाका विद्यालयहरुमा गई स्वास्थ्य सामाग्री वितरण गरेको छ । पुस २१ गतेदेखि २७ गते सम्म गाउँपालिकाका १९ विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई के एन ९५ मास्क, सर्जिकल मास्क र स्यानिटाइजर वितरण गरिएको नेपाली काँग्रेस अपि हिमाल गाउँपालिका सभापति सोवन सिंह लोथ्यालले जानकारी दिए ।

उक्त सामाग्री नेपाल महिला संघ अपिहिमाल गाउँपालिका अध्यक्ष देबकी बोहराको आर्थिक सहयोगमा १९ विद्यालयका १ सय ४५ शिक्षक र १ हजार ९ सय ७५ विद्यार्थीहरुलाई वितरण गरिएको हो । २३ विद्यालय रहेको अपि हिमालमा एक हप्ताको अवधीमा १९ विद्यालयलाई वितरण गरिएको तथा बाँकी रहेका विद्यालयहरुलाई एक दुई हप्ताभित्रै वितरण गरिने नेविसंघ समन्वय समिति अपि हिमालका सभापति हरिश ठेकरेले बताए ।

Comments