मार्मामा जीप दुर्घटना, दुई जना घाइते

दार्चुला, पुस २९ गते :   जिल्लाको मार्मा गाउँपालिका २ सिमार नजिक जीप दुर्घटना हुदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मार्मा गाउँपालिका—३ बस्ने १८ वर्षीय भुवन धामी र बैतडी जिल्ला डिलाशैनी—१ नानारा बस्ने १८ वर्षीया लक्ष्मी धामी रहेको मार्मा संवाददाता दिनेश बहादुर सिंहले जानकारी दिए । 
उहाका अनुसार लटिनाथबाट सेलबिसा जादै गरेको म १ ज ३२४ नम्बरको जीप आज बिहान करिब ७ बजेतिर दुर्घटना भएको हो । घटना स्थलमा इलाका प्रहरी चौकी लटिनाथबाट प्रहरी नायव निरीक्षक जगत मल्लको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

दुर्घटना परी घाइते भएकाहरुको ढाड र टाउकोमा चोट लागेको उहाले बताए । अहिले उनीहरुको मार्मा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीप सडकदेखि करिब ५० मिटर तल चमेलिया नदि किनारमा खसेको जनाइएको छ । 

 

Comments