प्रचण्ड—माधव नेपाल समूहको नौगाडमा ‘कु’ का विरुद्ध प्रतिरोध कार्यक्रम

दार्चुला, पौष २९ गते : नेकपा प्रचण्ड—माधव नेपाल समूह दार्चुलाले जिल्लाको नौगाड गाउँपालिकामा पालिका स्तरीय प्रतिरोधसभा सम्मेलन कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा ‘कु’ गरेको विरोधमा प्रचण्ड—माधव नेपाल समूहका नेताहरुले गाउँपालिकाको केन्द्र होपरीगाडमा कार्यक्रम गरेका हुन् ।

संविधान विपरित गएर केपी ओलीले प्रतिनिधिसभामा ‘कु’ गरेको भन्दै खबरदारी स्वरुप सबै पालिकाहरुमा प्रतिरोधसभा सम्मेलन कार्यक्रम गर्ने कार्यतालिका रहेको नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभयो । 

 यस अघि सोही कार्यक्रम मार्मा गाउँपालिकामा गरिएको उहाले बताए । नौगाड गाउँपालिका नेकपा पार्टी सचिव गोरे धामीको अध्यक्षतामा गरिएको कार्यक्रमका प्रमुख अतिथि नेकपाका जिल्ला अध्यक्ष गणेश खत्री तथा नेता ज्ञानेन्द्र घर्ती विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा २ सय बढी नेकपा प्रचण्ड—माधव नेपाल समूहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।

 

Comments