‘स्वस्थ रहन सधैं योग गर्नुस्’

दार्चुला, पौष २९ गते :  मानिसले जिवनभर स्वस्थ रहन योग गर्नु पर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाका कविराज निरीक्षक एवं निमित्त कार्यालय प्रमुख लोकेन्द्र प्रसाद जोशीले बताउनु भएको छ । शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त, र आध्यात्मिक रुपमा उच्च चेतनशिल भएर जिउने कला नै योग भएको भन्दै उहाले मानव जीवनमा सबैले अनिवार्य रुपमा योग गर्नु पर्ने बताए ।

माघ १ गते (भोली) परेको छैटौँ राष्ट्रिय योग दिवसको सन्दर्भ पारेर निमित्त कार्यालय प्रमुख जोशीसंग कुराकानी गर्दा उहाले यस्तो बताउनु भएको हो । यसैबिच ‘गरौ योग डटेर कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ छैटौँ राष्ट्रिय योग दिवस भव्यताका साथ मनाउने तयारी गरेको उहाले जानकारी दिनु भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आयोजनामा विहान ७ बजे आयुर्वेद स्वास्थ्य केन्द्रको प्रांगणमा दिवस मनाइने उहाले बताए । दिवसको अवसरमा शारिरिक व्यायाम, योग गर्ने कार्यक्रम रहेको उहाको भनाई छ । दिवसको अवसरमा आयोजना गरिएका कार्यक्रमहरुमा सहभागिता जनाउन दार्चुलाबासी सबैमा आग्रह समेत गरिएको छ ।

Comments