​कोरोनाको १ हजार ३ सय ९० डोज जिल्ला आइपुग्यो

दार्चुला, माघ १३ गते :  भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसको खोप दार्चुला जिल्लामा पनि आइपुगेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको औषधी १४ महिना पछि नेपालमा आएको हो । २०७६ पौष महिना चिनको वुहान प्रान्तमा कोरोना भाइरस देखा परेको थियो । भारतले नेपाललाई उपलब्ध गराएको खोप मध्ये १ हजार ३ सय ९० डोज औषधी जिल्ला आइपुगेको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । 
   भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसको औषधी उपलब्ध गराएको थियो । जिल्ला पुगेको औषधी भोलीबाट अग्रपंत्तीमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मीलाई लगाइने उहाले बताउनुभयो । खोप केन्द्र भने जिल्ला अस्पतालमा रहने जनाइएको छ । कोरोना भाइरसको औषधी संक्रमित व्यक्तीलाई लगाउन नहुने उहाले बताउनुभयो । संक्रमण भएको ४ हप्ता पछि मात्रै खोप दिन मिल्ने उहाको भनाई छ । 

Comments