दार्चुलामा पनि कोरोना खोप अभियान सुरु, स्वास्थ्य कार्यालयका प्रमुख भट्टले लगाए पहिलो खोप

दार्चुला, माघ १४ गते  :   दार्चुला जिल्लामा पनि कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियान शुभारम्भ भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् । उनले जिल्ला अस्पताल दार्चुलाको खोपकेन्द्र मार्फत खोप लगाएका हुन् ।

पहिलो चरणको खोप अभियान माघ १८ गते सम्म संचालन गरिने जनाइएको छ । जिल्लाको खोप केन्द्र भने जिल्ला अस्पतालमा रहने छ । भारतले अनुदान सहयोगमा उपलब्ध गराएका कोरोना खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई लगाइने जनाइएको छ । दार्चुलाका लागि १ हजार ३ सय ९० डोज खोप उपलब्ध भएको छ । 

Comments