दार्चुुलाका ५० जनालाई कोरोना खोप लगाइयो

दार्चुला, माघ १४ गते :   दार्चुलामा पहिलो दिन ५० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । जिल्ला अस्पताल दार्चुलामा स्थापना गरिएको जिल्लाको एकमात्र खोप केन्द्रमा पहिलो दिन ५० जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । अभियानको पहिलो दिन (वुधवार) ३६ जना पुुरुष तथा १४ जना महिलाहरुलाई खोप लगाइएको उहाले बताए ।

उहाका अनुसार ६ जना शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, ४४ जना स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाइएको छ ।
पहिलो चरणको खोप अभियान ५ दिनसम्म चल्ने  उहाले बताए । खोप लगाएका स्वास्थ्यकर्मीहरुले आफूमा कुनै समस्या नदेखिएको तथा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

दार्चुला जिल्लाका लागि १ हजार ३ सय ९० डोज खोप उपलब्ध भएको छ ।  भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, सुरक्षाकर्मीहरुलाई लगाइने जनाइएको छ । 

Comments